उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृहको निर्देशन

काठमाडौं, १ जेठ । गृह मन्त्रालयले शुक्रबारदेखि उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोनाविरूद्ध लडाइँमा सबै एकजुट भएर जानेको लागि ‘चेकिङ कडा गर्ने, उपत्यका भित्रनेरबाहिरिने नाकाहरूमा थप कडाइ गर्ने निर्णय भएको स्रोतले बताएको छ ।

दुईदिनमा उपत्यकाभित्र चार जना पाँच जना कोरोना संक्रमिति देखिएका छन् । उनीहरु सरकारले जारी गरेको सवारी पास लिएर नै काठमाडौं उपत्यकाभित्र छिरेका थिए।

गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here