इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत भेटिए

काठमाडौं, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन्।

आइतबार तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा ५८ वर्षका राजदूत डु वे मृत फेला परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उनी गत फेब्रुअरीमा मात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए। इजरायलमा उनी परिवारसँग भने थिएनन्।

राजदूतमा नियुक्त भएसँगै उनी कोरोना प्रकोपबीच नै इजरायल आएका थिए। उनी १४ दिन क्वारेन्टिनमा बस्नु परेको थियो।

५८ वर्षीय उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। डु वे गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए।

उनले यसअघि युक्रेननका लागि चिनियाँ राजदूतका रुपमा काम गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here