१५ अर्ब ७४ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले जेठ ५ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

बैंकले ९१ दिन अवधिको दुई अर्ब रुपैयाँ, १८२ दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ र एक वर्ष अवधिको एक अर्ब ८९ करोड रुपैयाँको सरकारी ऋणपत्र जारी गर्ने भएको हो। लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।

उक्त सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते साँझ तीन बजे खुला गरिनेछ। ९१ दिन अवधिको सरकारी ऋणपत्र भदौ दुई गते परिपक्व हुनेछ। त्यस ९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर २ गते र एक वर्ष अवधिको सरकारी ऋणपत्र २०७८ साल जेठ २ गते परिपक्व हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here