कोरोना परीक्षण नगरी तरकारी र फलफूल आयात नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले तरकारी तथा फलफुलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको हो ।

अन्तरिम आदेशमा फलफूल तथा तरकारीमा विषादी तथा उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् पठाउनको लागि भनिएको छ । मणिराम उपाध्यायले विदेशबाट निर्वाध तरकारी र फलफूल भित्रिएको भन्दै परीक्षणको माग गर्दै रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here