कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशु लगायत परिवार सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँग रहेका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक महिलाका नवजात शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना परीक्षण नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

नवजात शिशु, श्रीमान्, सासु र बहिनी र सानिआमाको पनि थ्रोट स्वाब लिइएको थियो।

नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ । सुत्केरी महिलाको मृत्यु भएलगत्तै शिशु र परिवारका सदस्यलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियो।

सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोरोनाको कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनिसँग सम्पर्कमा रहेका अन्यको पनि खोजिकार्य गरि परीक्षण सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here