लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित

काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।

सोमबार बसेको बैठकले भारतले अतिक्रमित गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् । भारत सरकारले नेपालको भूमिमा सडक विस्तार गरी चीनको मानसरोवर जोड्ने संजाल विस्तार गरेपछि सरकारलाई थप दवाब परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here