दुवै सदनबाट नीति तथा कार्यक्रम पारित हुँदै, उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, ६ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमाथि सत्तारुढ दल र विपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे राष्ट्रियसभाका नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभामा १२ बजे जवाफ दिनेछन् । दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् ।

प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here