काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ७ फागुन । काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

लकडाउनको समयमा फिल्डमा नै खटिएका कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको प्रहरी स्रोतले जानाकारी दिएको छ ।

कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here