भक्तपुरका कोरोना संक्रमित काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडीका चालक

काठमाडौं, ७ जेठ । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।

मंगलबार कोरोना संक्रमित पुष्टि भएका भक्तपुर निवासी लकडाउनको समयमा उनी नियमित कार्यालय जाने गरेका थिए।

त्यसैले अहिले कति जना उनको सम्पर्कमा आए भन्ने खुल्न सकेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी स्रोतको अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषको घरमा अहिले पनि ११ जना सदस्य छन्।

परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्‍याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ ।

उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here