शक्तिशाली ‘अम्पुन’ चक्रवात: कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, ७ जेठ । स्थानीय वायु र बंगालको खाडीमा बनेको ‘अम्पुन चक्रवात’ को अप्रत्यक्ष प्रभाव नेपालको मौसमी प्रणालीमा पनि परेको छ ।

चक्रवातको अप्रत्यक्ष प्रभावले अप्रत्यक्ष’ प्रभावका कारण तीन दिन (शुक्रबार) सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेका कारण उच्च हिमाली भेगमा बसोबास गर्ने र हिमाली भेगको यात्रमा रहेकाहरुलाई सतर्क रहन मौसमविदले अनुरोध गरेका छन् ।

मौसमविदको अनुसार अहिले अम्पुन चक्रवात उत्तर-उत्तर पूर्व सरिरहेको छ। यसैकारण यसको प्रभाव नेपालको पूर्वी भागमा बढी पर्ने भएको हो।

हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भू–भागलगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी सबै भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

अम्पुन चक्रवातको असरका कारण हुने बर्षाका कारण खोलानालाहरुमा जलप्रवाहमा समेत बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार बिहान ६ बजे माैसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ:

हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थान, मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ।

साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ। जसका कारण खोलानालामा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाले बुधबार बिहान गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ७ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थान, मध्य भू-भागका केही स्थान र पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी उच्च हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्ययम हिमपातको समेत सम्भावना छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थान, मध्य भू-भागका केही स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी उच्च हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ।

मध्य तथा पूर्वी भू-भागका केही स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थान साथै पश्चिमी उच्च हिमाली भू-भागका १-२ स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पूर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

जेठ ९ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भू-भागलगायत मध्य र पश्चिमी पहाडि भू-भागमा सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

पूर्वी भू-भागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here