हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द

फाइलफोटो

काठमाडौं, ७ जेठ । आन्तरिक तथा वाह्य हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द हुने भएको छ ।

कोेरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

समितिले यसअघि उडान तथा सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो । थप १२ दिन थपेर समितिले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here