नेपालमा कोरोनाको आशंकामा १ लाख १७ हजार ४ सय जनाको परीक्षण

काठमाडौं, ८ जेठ । नेपालमा हालसम्म कोरोनाको आशंकामा१ लाख १७ हजार ४ सय ३१ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार ३८ हजार ७ सय ३६ जनाको पिसिआर र ७८ हजार ६ सय ९५ जनाको आरडिटिबाट परीक्षण भएको हो।

पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएको छ। ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटिबाट गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको देवकोटाले बताए । नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ। संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here