२० लाख ७८ हजारले जिते कोरोना, ३ लाख ३४ हजारको मृत्यु

फाइल फोटो

काठमाडौं, ९ जेठ । विश्वभर कोरोना भाइरसको महामारी जित्नेको संख्या २० लाख ७८ हजार २०४ जना पुगेको छ ।

महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् । जसमध्ये ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ ।

१८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ। तीन जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here