सीमा क्षेत्रमा अलपत्र परेको २ सय २३ जना नेपालीको सशस्त्र प्रहरीद्धारा उद्धार

दोधारा,९ जेठ । विश्वव्यापी फैलिएको महामारीमा कामकाज बन्द भइ भारतका विभिन्न ठाँउबाट आएर माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा अलपत्र परेकालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ् ।

माहाकाली नगरपालिका लगाएत विभिन्न स्थानका भारतबाट फर्केका नेपालीहरुलाई गएराती देखी बिहानसम्म गरि २ सय २३ जना नेपालीहरुलाई उद्धार गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी श्रोतले जानकारी दिएको छ् ।

उनिहरु सबैलाई माहाकाली नगरपालिका वडा नं. ३ जामसनाघारी दशगजा क्षेत्रको माहाकाली नगरपालिकाले निमार्ण गरेको आश्रय स्थलमा राखिएको छ् ।

माहाकाली नगरपालिका र स्थानियहरुले उनिहरुको लागी खाने पानी र खानाको ब्यवस्था गर्दै आएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजाली अनुसार माहाकाली नगरपालिकाको आश्रय स्थलमा बसेकाहरुलाई उनिहरुको गन्तब्य तथा स्थानियहरुलाई क्वारेन्टाईनमा बस्ने तयारी गरेको बताएका छन् ।

आश्रय स्थलमा बसेकाहरु माहाकाली नगरपालिका, बैतडी, काठमाण्डौ लगाएत क्षेत्रको रहेको सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् ।

‘हामी संकटमा परेका नेपालीको उद्दार गर्दै उनीहरुको भोजन खुवाएर सम्बन्धीत पालिकामा पठाईरहेका छौं’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए ।

सीमा क्षेत्रबाट उद्दार गरेर क्वारेन्टाईनमा राखिएका विभिन्न स्थानीय तहका स्थानीयलाई लैजान पटक पटक सम्बन्धीत स्थानीय तहमा सम्पर्क गर्दा पनि कुनै वेवास्ता गरेको बताईएको छ् ।

‘हामी यता भारतीय सीमाबाट जसरी तसरी नेपाली दाजु भाईको उद्दारमा खटिएका छौ । ‘स्थानीय तह संग आएर आफ्ना स्थानीय पालिकाबासीलाई लैजाउ भन्दा बेवास्ता गर्छन’ माहाकाली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले भने ।

यसरी महासंकटका बेला सीमा क्षेत्रमा लुकिछिपी आउने नेपालीको उद्दार गरेपछि उनिहरुले शसस्त्र प्रहरी र माहाकाली नगरपालिकालाई आभार प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here