भक्तपुरमा सहित थप ९ जनामा कोरोना संक्रमण, एकैदिन थपिए ५९ संक्रमित

काठमाडौं, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।

थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

साँझ थपिएका ९ सहित शुक्रबार ५९ जनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्।

संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here