कोरोना संक्रमितको संख्या ५२ लाख नाघ्यो, २१ लाख ५० हजार संक्रमणबाट मुक्त

फाइलफोटो

काठमाडौं, १० जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५२ लाख ९७ हजार ६२६ पुगेको छ । त्यस मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ ।

एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here