नेपालमा कोरोनाको पहिलो संक्रमित फेला परेको चार महिना पूरा

काठमाडौं, १० जेठ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको आज चार महिना पूरा भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट आएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको थियो ।

पलिल्लो चार महिनाको अवधिमा कोरोना संक्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ भने ७९ जनाले कोरोना जितेका छन् । तीन जनाको निधन भएको छ । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here