भारतमा कति पुग्यो कोरोना संक्रमित र मृतकको संख्या ?

काठमाडौं, ११ जेठ । भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ ।

कोरोनाका कारण हालसम्म भारतमा ३ हजार ८६८ जनाको मृत्यु भएको छ । शनिबारमात्रै भारतमा कोरोनाका कारण १४२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै शनिबारमात्रै ६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।

संक्रमितमध्ये ५४ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here