३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै भारत, नेपालतिर जोखिम

काठमाडौं, ११ जेठ । कोरोना प्रकोपबीच भारतले १० दिनभित्र ३६ लाख आप्रवासी कामदारलाई घर पठाउने तयारी थालेको छ ।

इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल सञ्चालन गर्दै कामदार फर्काउन लागेको हो । त्यसबाट जसबाट ३६ लाख आप्रवासी मजदुर आफ्नो गाउँ फर्किन सक्नेछन्।

पछिल्लो २३ दिनमा यति नै संख्यामा श्रमिकका लागि रेल संचालनमा ल्याइसकिएको छ। राज्य सरकारले चाहेको खण्डमा सबै रेल स्टेसनमा रेल सेवा उपलब्ध गराउने पनि बोर्डले जनाएको छ।

भारतले यसअघि दिल्लीबाट चल्ने रेल सेवा संचालनमा ल्याइसकेको छ। आगामी सोमबारबाट त्यहाँ आन्तरिक उडान पनि सुचारु हुँदैछ। कोरोना महामारीले कामकाज बन्दभएपछि भारतका विभिन्न ठाँउबाट नेपाल आउनेको संख्या दिनहुँ बढेको छ ।

थप रेलसेवा सञ्चालनले नेपाल आउने कामदारको संख्या बढ्दा नेपालमा थप जोखिम बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा देखिएका अधिकांश सक्रमित भारतबाटै आएका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमित झनै बढ्दै गएको छ तर भारतमा लकडाउनको नियम भने खुकुलो हुँदै गएको छ। भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ ।

कोरोनाका कारण हालसम्म भारतमा ३ हजार ८६८ जनाको मृत्यु भएको छ । शनिबारमात्रै भारतमा कोरोनाका कारण १४२ जनाभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here