माहाकाली नगरपालिकाको सीमा क्षेत्रबाट एकैदिन ६ सय ५० नेपाली भित्रिए

दोधारा, ११ जेठ । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा आएर अलपत्र परेका ६ सय ५० जना नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

माहाकाली नगरपालिका लगाएत बिभिन्न स्थानका भारतबाट फर्केका नेपालीहरुलाई गएराती देखी बिहान सम्म ६ सय ५० जना नेपालीहरुलाई उद्धार गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी स्रोतले जनाएको छ ।

उनिहरु सबैलाई माहाकाली नगरपालिका वडा नं. ३ जामुनाघारी दशगजा क्षेत्र तथा वडाका क्वारेन्टिमा राखिएको छ् ।

माहाकाली नगरपालिका र स्थानियहरुले उनिहरुको लागी खाने पानी र खानाको ब्यवस्था गर्दै आएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजाली अनुसार माहाकाली नगरपालिकाको आश्रय स्थलमा बसेकाहरुलाई उनिहरुको गन्तब्य तथा स्थानियहरुलाई क्वारेन्टिमा बस्ने तयारी गरेको बताएका छन् ।

आश्रय स्थलमा बसेकाहरु माहाकाली नगरपालिका, बैतडी, कालिकोट लगाएत क्षेत्रको रहेको सशस्त्र प्रहरी सीमा सुुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिए ।

। ‘हामी संकटमा परेका नेपालीको उद्दार गर्दै उनीहरुको भोजन खुवाएर सम्बन्धित पालिकामा पठाईरहेका छौं’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए ।

सीमा क्षेत्रबाट उद्दार गरेर क्वारेन्टाईनमा राखिएका विभिन्न स्थानीय तहका स्थानीयलाई लैजान पटक पटक सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्दा पनि कुनै वेवास्ता गरेको बताईएको छ् ।

‘हामी यता भारतीय सीमाबाट जसरी तसरी नेपाली दाजु भाईको उद्दारमा खटिएका छौ । ‘स्थानीय तह संग आएर आफ्ना स्थानीय पालिकाबासीलाई लैजाउ भन्दा बेवास्ता गर्छन’ माहाकाली नगरपालिका वडा नं। १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टले भने ।

माहाकाली नगरपालिकाले माहाकाली नगरपालिका बाहेक अन्यपालिकाका नेपालीहरलाई महाकाली झोलुङ्गे पुल हुदै पठाउदा कोरोना भाइरस संक्रमण बढ्ने भन्दै महाकाली झोलुङ्गे पुलमा भिमदत्तका स्थानियहरुले तालाबन्दी गरेको खबर आएको छ् ।

यसरी महासंकटका बेला सीमा क्षेत्रमा लुकिछिपी आउने नेपालीको उद्दार गरेपछि उनिहरुले शसस्त्र प्रहरी र माहाकाली नगरपालिकालाई आभार प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here