थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं, ११ जेठ । नेपालमा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाए अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्।

यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो। कुल संक्रमितको संख्या ६०३ पुगेको छ । नेपालमा हालसम्म ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here