ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

काठमाडौं, १२ जेठ । ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ।यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ईसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्ट बाहेक सीधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउनसक्ने भएका छन्।

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here