भारतबाट आउनेको संख्या बढेपछि दोधारा चाँदनीमा क्वारेन्टिनको क्षमता बढाउन शुरु

दोधारा, १२ जेठ । भारतबाट आउने नेपालीको संख्या वढेसँगै माहाकाली नगरपालिकाले क्वारेन्टिनको क्षमता बढाउने कामलाई तीव्रता दिएको छ ।

माहाकाली नगरपालिकाको ८ बिद्यालयमा क्वारेन्टाईन स्थापना संगै थप स्थानमा क्वारेन्टिन निर्माण गर्न थालेको छ ।

माहाकाली नगरपालिकाको गणेश आधारभुत बिद्यालय, जमुना आधारभुत बिद्यालय, शारदा सरूवती माबि, भानु बहुमुखी क्याम्पस, भानु उच्च माबि, मालिका आधारभुत बिद्यालय, जनज्याती माबि र अम्बिका माबिमा, श्रजना आधारभुत बिद्यालय, लगाएत बिद्यालयहरुमा कवारेन्टाइन स्थापना गरि भारतबाट आएका माहाकाली नगरपालिकाका स्थानियहरुलाई राख्ने कार्य भईरहेको र थप आउने क्रम जारी रहेको हुदा क्वारेन्टिन निमार्ण गर्नु पर्ने बताईएको छ् ।

सामुदायिक बिद्यालयहरुमा कोठाको आभव हुन थालेपछि खुला चौरमा समेत टेन्ट लगाएर भारतबाट आएकाहरुलाई राख्ने कार्य भईरहको छ् ।

वडामा खाली रहेको घर, निजी बिद्यालयहरुमा समेत क्वारेन्टिनको लागी सहयोग गरिदिन वडाका अध्यक्षहरुले अनुरोध गर्दै आएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले क्वारेन्टिन क्षमता बढाईदै लगेको बताएका छन् ।

माहाकाली नगरपालिकाको एक तथ्यांक अनुसार माहाकाली नगरपालिकाका स्थानिय रोजागरीको निम्ती १५ हजार भारतमा रहेको छ् । उनिहरुको खान र बस्नको लागी माहाकाली नगरपालिकाले ब्यवस्था गर्दै जादा निकै ठुलो रकम खर्च हुने भएको हुदा प्रदेश सरकार र केन्द्र सरकारलाई सहयोग माग्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here