नेपाली कांग्रेस माहाकालीद्धारा खाद्यान्न सहयोग, क्वारेन्टिनमा बसेकालागि प्रयोग गरिने

दोधारा, १३ जेठ । नेपाली कांग्रेस माहाकालीले खाद्यान्न हस्तान्तरण गरेको छ ।

लकडाउनको कारण क्वारेन्टिनमा बसेकाहरुलाई खानको समस्या पर्दै आएको भन्दै माहाकाली नगरपालिकालाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

पार्टी कार्यालय चाँदनीमा ३२ बोरा चामल, ८ बोरा दाल माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई प्रदान गरेको हो ।

बिद्यालयमा कोरोना भाइरसको कारण भारतबाट रोजगारी खोसिएर घर फर्केर माहाकाली नगरपालिकाका बिभिन्न वडामा रहेका बिद्यालयहरुमा रहेका नेपालीहरुलाई खानको समस्या रहदै आएको भन्दै नगरकार्य समिति माहाकालीले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेस माहाकालीका नगर सभापती डम्मर चन्दले क्वारेन्टिनमा बसेकाहरुलाई खान खुवाउन माहाकाली नगरपालिका र स्थानियहरुलाई समस्या देखिदै आएको हुँदा माहाकाली नगर कार्यसमितिले केही दिन अघि मात्रै निर्णय गरि खाद्यान्न सहयोग गर्ने निर्णय गरेको बताए ।

खाद्यान्न हस्तान्तरण गर्दै कांग्रेस क्षेत्रिय सभापति गोपाल भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सरकार गम्भिर नभएको बताउदै तत्काल सरकारले नेपाली जनाताको स्वास्थ्य माथी खेलवाड गर्ने कार्य बन्द गर्न समेत अनुरोध गरेका छन् ।

माहाकाली नगर कार्यसमितिले खाद्यन्य हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, नगर कार्य समिति सभापती डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, तत्कालिन दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना लगाएत कांग्रेस सम्बद्ध ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here