प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संविधान संशोधनको बारेमा छलफल हुने

कठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न मंगलबार अपरान्ह ५ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बैठकमा लिम्पियाधुरासहितको नक्सा पारित गरिसकेपछिको अवस्था,भारतसँग संवाद र निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक पेश गरिसकेको अवस्थामा सर्वसम्मत रुपमा सो विधेयक पारित गर्ने बारेमा पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here