लकडाउनको प्रभाव: दुई महिनामा १० अर्ब ८६ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, १३ जेठ । विश्वरभर फैलिरहेको कोरोना भाइरसको असरले विश्वको अर्थतन्त्रमा भारी गिरावट आएको छ ।

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ ।

उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ आयतमा कमी आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार लकडाउनको दुई महिना चैत र बैशाखमा १० अर्ब ८६ करोड ४५ लाख ४ हजार रुपैयाँबराबरको सोही इन्धन आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत र वैशाख महिनामा २९ अर्ब ९५ करोड ८० लाख ४५ हजार रुपैयाँबराबरको डिजेल, पेट्रोल, हवाइ इन्धन र मट्टितेल आयात भएको थियो ।

गत आर्थिक वर्षको चैत–वैशाख र चालू आवको चैत–वैशाखमा आयात भएको इन्धनको मूल्यलाई तुलना गर्दा १९ अर्ब ९ करोड ३५ लाख ४१ हजारले कमी आएको हो।

चालू आर्थिक वर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु भएको थियो। लकडाउन सुरु भएसँगै फाट्टफुट्टबाहेक यातायातका साधन चल्नसकेका छैनन्। भने विकास निर्माण काम पनि रोकिएका छन्। त्यसैले पनि डिलेजको आयतमा कमी आएको विज्ञहरुको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here