चैत र वैशाखमा ७५ अर्ब ४८ करोड रेमिट्यान्स, गत वर्षभन्दा ४७ प्रतिशत कम

काठमाडौं १३, जेठ । नेपालमा लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षको चैत र बैशाखको तुलनामा यो आवको सोही अवधिमा ४७ प्रतिशतले रेमिट्यान्स घटेको छ । गत चैत र वैशाखमा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । नेपालमा चैत ११ देखि सरकारले लकडाउन सुरु गरेको थियो । पछिल्लो पटक यसलाई लम्बाएर जेठ २० सम्म पुर्याइएको छ ।

गत वैशाखमा रेमिट्यान्समार्फत करिब ४४ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । ०७५ वैशाखको तुलनामा यो आवको सोही अवधिमा रेमिट्यान्स करिब ३९ प्रतिशतले कम हो । अघिल्लो वर्षको वैशाखमा ७२ अर्ब रुपैयाँ भित्रिएको थियो । गत चैतमा मात्र ४ प्रतिशतले घटेर करिब साढे ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here