थप २१ जना कोरोना संक्रमित डिस्चार्ज

फाइल फोटो

काठमाडौं, १४ जेठ । नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जर्नाको छ ।

डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्थायी अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here