बाग्लुङका ६ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ जेठ । बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय एक विज्ञप्ति निकाल्दै बाग्लुङका दुई गाउँपालिकाका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो।

बडीगाडका संक्रमित १९ र २० वर्षीय पुरुष र तमनखोला गाउँपालिकाका २१, २७, २१, २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै,२१, २७, २७ र २१ वर्षका चार जना पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमितहरु हालैमात्र भारतबाट आएका हुन्। उनीहरु गाउँकै क्वारेन्टिनमा थिए।

पीसीआर परीक्षण पोजेटिभ देखिए पनि उनीहरुको अवस्था सामान्य छ।

यसअघि बाग्लुङमा दुई जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरु दुवै जना डिस्चार्ज भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here