हवाई इन्धनमा प्रतिलिटर १० भन्दा कम मुनाफा खान वायुसेवा सञ्चालकको माग

काठमाडौं, १४ जेठ । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनमा प्रतिलिटर रु. १० भन्दा कम मुनाफा खान नेपाल आयल निगमसँग अनुरोध गरेको छ ।

भारतको तुलनामा हालको अस्वाभाविक मूल्यलाई नेपाल सरकारले विश्व बजारको मूल्यअनुसार तत्कालै हवाई इन्धनको मूल्य समायोजन गरी अन्तरराष्ट्रिय बजारमा घटे अनुसार इन्धनको मूल्य समयोजन गर्दा हवाई कम्पनीलाई राहत पुग्छ, संघले बुधबार जारी एक विज्ञप्तिमा भनेको छ ।

कोरोनाभाइरसका कारण सिर्जित विषम परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित ढंगले घटेको र भारत र चीन जस्ता मुुलुकले हवाई इन्धनमा अनुदान दिएको उसको भनाइ छ ।

‘भारतले मे १६ देखि लागु हुने गरी हवाई इन्धनको मूल्य भारु. २० प्रतिलिटर तोकेको छ भने चीनले तोकेको मूल्यमा ५० प्रतिशत अनुदान दिएको छ जसले गर्दा त्यहाँका आन्तरिक वायुसेवा कम्पनीहरु गत वषैको दाँजोमा स्थापित भएका छन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उसका अनुसार छिमेकी देशको दाँजोमा नेपालको हवाई इन्धनको मूल्य, रु. ७५ प्रतिलिटर, महँगो भएकोले समायोजन जरुरी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here