काठमाडौं, १४ जेठ । नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई कोरोना रोकथामका लागि १ थान पीसीआर मेसिन किन्ने रकम सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो। उक्त रकम बैंकले प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति प्रयोग हुनेछ ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग भई पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ।