पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाकारी दिए ।

उनको अनुसार रौतहट ३५ जना, बारा ८ जना ,सप्तरी ११ जना र सिरहा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार यस प्रदेशमा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here