कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कडाइ

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपमा प्रकाशित सूचनामा भन्दा बढी ब्याजदर नदिन बैंकहरुलाई निर्देशन दिएको छ।

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल एकीकृत निर्देशन २०७६ मा केही संसोधन गरी सर्कुलर जारी गरेको हो ।

सर्कुलरमा संस्थागत मुद्दतीमा बैंक तथा वित्तीय संस्थाले प्रकाशित ब्याज दर भन्दा बढी ब्याजदर दिन नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको सर्कुलर अनुसार यस अघि कल डिपोजिटमा प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाइने व्यवस्था रहेकोमा अब संस्थागत मुद्दती निक्षेपमा पनि प्रकाशित ब्याजदर भन्दा बढी दिन नपाउने व्यवस्था गरिएको छ।

यसअघि कल निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था थियो । यस्ता खाताहरुमा चेक पनि जारी गर्न पाइन्न ।

केही नयाँ प्रावधान थप्दै कल डिपोजिट र संस्थागत मुद्धती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दूसम्म बढाउन सकिने भनेको छ ।

यसको अर्थ कल डिपोजिट र संस्थागत मुद्धती निक्षेपको प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बढाउने बन्देज लगाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here