नुवाकोटका कोेरोना संक्रमित व्यक्तिको पहिलो रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं, १४ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नुवाकोट ककनीका एक व्यक्तिको पहिलो चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

परिवारिक स्रोतको अनुसार पहिलो चरणको कोरोना भाइरस परीक्षण पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा जेठ ११ कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिभएसँगै संक्रमित व्यक्ति टेकु अस्पताल भर्ना भएका थिए । परिवार र उनको सम्पर्कमा रहेका २८ जनाको स्वाव संकलन बुधवार गरिएको छ ।

उनिहरुको रिपोर्ट आउन भने बाँकी नै रहेको छ । उनको पहिलो परीक्षण नेगेटिभ आएसँगै कोरोना भाइरस संक्रमणका दृष्टिले ककनी गाउँपालिका वडा नं ३ सुरक्षित देखिए स्थानियहरुले बताए । लगातार दुई पटकसम्मको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here