बिहिवारदेखि प्रभु बैंकका सम्पूर्ण सेवा तीनदिन बन्द हुने

काठमाडौं, १५ जेठ । प्रभु बैंकको सम्पूर्ण सेवा तीनदिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार आज (जेठ १५ गते) साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् ।

बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here