काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ ।
संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आर्थिक पुनःउत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनेछ । कृषिमा आगामि आर्थिक बर्षको बजेट बृद्धि गरिदै छ।रोगजारी सिर्जनामा समेत बजेट बिनियोजन गरिदै छ।
बजेटले रोगजारीकोलागि स्थानीय तहबाट कार्यक्रम लैजाने योजना बनाएको छ। बिशेश गरेर बिदेशबाट फर्किएकालाइ उक्त बजेट मार्फत सम्बोधन गरिदै छ। कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट ल्याइनेछ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ ।
चालू आर्थिक वर्षको १५ खर्ब ३२ अर्बको बजेटमा सामान्य वृद्धि गर्दै बजेट ल्याउन लागेको बताइएको छ । कोरोनाको संक्रमण फैलनुअघि राष्ट्रिय योजना आयोगले १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको थियो ।
अर्थमन्त्री भएलगत्तै श्वेतपत्र निकालेर अर्थतन्त्रको कहालीलाग्दो अवस्थाको चित्रण गरेका डा.युवराज खतिवडाले आज सार्वजनिक गर्ने बजेट तेस्रो बजेट हो भने दोस्रो पटक अर्थमन्त्री भएपछिको पहिलो बजेट हो ।






















