कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, एकै दिन ७७ हजारभन्दा बढी संक्रमणमुक्त

काठमाडौं, १७ जेठ । कोराना संक्रमितको संख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २४३ जना नयाँ संक्रमित थपिएसँगै संख्या ६० लाख २३ हजार १५३ जना पुगेको हो ।

एकैदिन अरू ४ हजार ८२५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ३७४ पुगेको छ।

३० लाख १ हजार १३६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७२४ जनाको अवस्था गम्भीर छ । एकै दिन ७७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

शुक्रबार विहान ७ बजेसम्म विश्वका विभिन्न मुलुकमा २५ लाख ७९ हजार ५३४ जना मानिस संक्रमणमुक्त भएकोमा शनिवार विहान ५ बजेसम्म २६ लाख ५६ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् । अर्थात ७७ हजार १०९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here