संसदबाट अनुमोदन नहुञ्जेल एमसीसीको काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसीका विषयमा कुनै निर्णय गरेको छैन।

संसदमा एमसीसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्णय गरेको छ।

बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार सम्झौता पास भए त्यसै अनुरुप हुने र पास नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर बढ्ने प्रवक्ता श्रेष्ठले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here