कोरोनाभाइरस निको भएर घर फर्किनेको संख्या २१९ पुग्यो

फाइल फोटो

काठमाडौं, १७ जेठ । शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सहिन कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए ।

यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् ।

यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here