हवाई उडान र सीमा नाका असार १६ गतेसम्म बन्द

काठमाडौं, १७ जेठ । नेपालमा लकडाउन १२ दिन थपेको सरकारले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका एक महिना बन्द गर्ने निर्णय गरेको छ ।

अब जुन ३० (असार १६)सम्म उडान अवतरण बन्द रहनेछन् ।

सीमा नाकामा समेत कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउन थपेको सरकारले अन्तराष्ट्रिय आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको हो ।

संचारमन्त्री डा. युवराज खतिवडाका अनुसार शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा हुने आवतजावत अझै कडाई गर्ने निर्णय भएको जानकारी दिए । सीमा नाका भने १६ असारसम्म बन्द रहनेछन् ।

यसअघि ३० जेठसम्म हवाई उडान र सीमा नाका बन्द थियो । नेपालमा शनिबारसम्म १४ सय भन्दा बढी मानिसमा कोरोना देखिएको छ । भाइरस नियन्त्रणको साटो अझै फैलिएपछि सरकारले अन्य उपायको साटो लकडाउन र प्रतिवन्धलाई नै सही ठहर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here