दोधारा चाँदनीका कुमाल दाजुभाईले संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

दोधारा, १७ जेठ । माहाकालीका सञ्चारकर्मीहरुलाई नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालले स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

उनले माहाकाली नगरपालिका फिल्ड रिर्पाेटिङ गर्ने ६ जना पत्रकारलाई एन–९५ मास्क, सर्जिकल मास्क, सेनिटाईजर लगाएत स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

माहाकाली नगरपालिका स्थित रेडियो जनवोलीका ५ जना पत्रकार र क्लाउड पत्रिकाका पत्रकारलाई ब्यक्तीगतरुपमा उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

कोभिड १९ संगको युद्धमा फ्रन्टलाईन रहेका पत्रकारलाई फिल्ड रिर्पाेटिङ गर्दा जोखिम रहने भन्दै एन–९५ मास्क, सर्जिकल मास्क, सेनिटाईजर लगाएत स्वास्थ्य सामग्री प्रदान गरिएको नेकपा माहाकालीका नगर सचिव भिम कुमालले बताएका छन् ।

संक्रमणले बढी जोखिममा रहेको भारत सित खुल्ला सीमानाकामा यहाँका सञ्चारकर्मीहरु जोखिम मोलेर खबर संकलन गरिरहेको कारण स्वास्थ्य सामग्रीको खाँचो रहेको भन्दै प्रदान गरिएको उनले बताए ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागी नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालको योगदान सहनिय रहेको बताएका छन् ।

कोभिड १९ को युद्धमा फ्रन्टलाईनमा पत्रकारहरु जोखिम मोलेर फिल्डमा रिर्पाेटिङ गर्दै आएको उनले बताए । पत्रकार पप्पु गुरुङ्गले नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमाललाई धन्यबाद दिदै माहाकाली नगर क्षेत्रमा कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा बिगतका दिनहरु देखि नेकपा माहाकालीका नगर सचिव भिम कुमाल र उनका दाई कल्लु कुमालको ब्यक्तीगतरुपमा सक्रिय रहदै आउका बताए ।

बिगतका दिनहरुमा पनि माहाकाली नगरपालिका संग समन्वय गरि माहाकाली नगरपालिकाका जनताहरुको लागी नेकपा माहाकालीका नगर सचिव तथा सनसाईन पब्लिक स्कुलका प्रबन्ध निर्देशक भिम कुमालले सघाउदै आएको माहाकाली नगरपालिकाले जनाएको छ् ।

‘महामारीको बेला आफुहरुले सक्दो सहयोग गर्ने प्रयास गरेको हुँु’ दाता कल्लु कुमालले भने । बिगतमा सिमा क्षेत्रमा खटिदै आएका सुरक्षाकर्मीहरुलाई पानी तथा चाउचाउ बितरण गर्नूको साथै, प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री माहाकाली नगरपालिकालाई चेक रु. ५० हजार, चाउचाउ, बिस्कुट तथा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पानी, सेनीटाईजर, मास्क, पिपिइ सेट लगाएत सामग्री प्रदान गरेका हुन् ।

माहाकाली नगर क्षेत्रमा कोभिड १९ को बेला माहाकाली नगपालिकालाई अझै सम्म बढी ब्यक्तीगतरुपमा सहयोग गर्ने दाताको रुपमा चिनिएका छन् । कुमाल दाई भाईको कोरोना नियन्त्रण तथा रोकथाममा म भुमिका रहदै आएको भन्दै स्थानियहरुले दुबै दाई भाईलाई प्रशंसा गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here