लकडाउनको मोडालिटी परिवर्तन गर्ने, सेना परिचालनको दायरा बढाउने

काठमाडौं, १७ जेठ । मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि जेठ ३२ सम्म बढाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १२ दिन लकडाउनलाई लम्ब्याए पनि मोडालिटी भने परिवर्तन गर्ने भएको छ ।

आर्थिक क्रियाकलाप लगायत, आवतजावतमा पनि क्रमशः खुकुल्याउँदै लैजाने तयारी थालिएको स्रोतले जनाएको छ । यस पटक थप भएको लक डाउन जोखिमको क्षेत्र र अवस्था हेरेर सबैतिर एकैनासको नहुने स्रोतको दाबी छ ।

बैठकले सेना परिचालनको दायरा बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकअघि सुरक्षा परिषद्को पनि बैठक बसेको थियो । त्यसमा भएको छलफल अनुसार मन्त्रिपरिषद् बैठकले सेना परिचालनको क्षेत्र बढाउने निर्णय गरेको छ । अहिले सेनालाई क्वारेन्टाइन रेखदेखको जिम्मा दिइएको छ ।

सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाउनुपर्ने भएकाले उनीहरूले गर्दै आएका केही काम सेनाले विकास, निर्माणलगायतका क्षेत्रको सुरक्षाको जिम्मा सेनालाई दिने तयारी थालिएको छ ।

बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ। यो कार्यविधि पास गरेसँगै अब तेस्रो देशबाट नेपालीलाई उद्धार गरेर ल्याउने बाटो खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here