नुवाकोटका संक्रमित व्यक्तिका परिवार र सम्पर्कमा रहेका सबैको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं, १९ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नुवाकोट ककनीका एक व्यक्तिका परिवार र उनको सम्पर्कमा रहेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का उनको परिवार र सम्पर्कमा रहेको ब्यक्तिको स्वाब संकलन गरि गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको गाउँ पालिका स्रोतले जनाएको छ ।

गत बुधबार, विहीबार र आइतबार गरि गरिएको पीसीआर परिक्षण नेगेटिभ आएको हो । संक्रमण पुष्टि भएका व्यक्ति भने लागातार गरिएको परीक्षण नेगेटिभ आएसँगै शुक्रबार नै डिस्चार्ज भएका थिए ।

बुधबार र शुक्रबार आएको रिपोर्टहरु दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here