थप २२६ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।