सोमबारबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलाउँदै चीन

काठमाडौं, २२ जेठ । चीनले आगामी हप्ताबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरे अनुसार कोरोना संक्रमण बढेपछि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जुन ८ अर्थात् सोमबारबाट खुल्ला गर्न लागेको हो । सुरुमा हप्तामा एक अन्तर्राष्ट्रिय उडान मात्रै हुनेछ।

अहिले कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा आएपछि व्यापार व्यवसाय र अन्तर्राष्ट्रिय उडान पनि खोल्ने निर्णय गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here