सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानमा जाँदा मास्क अनिवार्य – डब्लूएचओ

काठमाडौं, २४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ । मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गर्दै मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गरेको हो ।

सबै व्यक्तिलाई यसका बिरामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्क लगाउन भनिएको छ ।

यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा परेका थिए। यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्।

तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको हो।

डब्लूएचओका अनुसार कोरोनाका लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात् संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो।

यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो।

डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो ।

त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

यस्ता स्थानमा जाँदा सामान्य र स्वस्थ व्यक्तिले साधारण तथा घरमै बनाइएको लुगाको मास्क पनि लगाउन सक्ने तर ६० वर्षभन्दा माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने डब्लूएचओको नयाँ निर्देशिकामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here