जनता समाजवादी पार्टीमा नाटकीय मोड, बाबुरामको नाममा लाग्यो टिपेक्स

काठमाडौं, २५ जेठ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मिलेर बनेको सो पार्टी आएतबार दर्ता भएको हो ।

महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष बनेका छन् । तर, यसअघि बरियतामा अगाडी रहेका डा. बाबुराम भट्टराईको वरियता घटाइएको छ । भट्टराई भन्दा अगाडी वरिष्ठ नेताको पहिलो सूचिमा अशोक राईलाई राखिएको छ ।

भट्टराईलाई दोस्रो तथा समग्रमा चौथो वरियतामा राखिएको छ । राजेन्द्र महतो भने पाँचौ नम्बरमा छन् ।

आयोगमा दर्ता गर्न तयार पारिएको निवेदनमा तीनजना अध्यक्ष र दुईजना वरिष्ठ नेता रहने उल्लेख थियो ।

जसअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएको छ ।

निर्वाचन आयोगमा दल दर्ता गर्न लैजादा भट्टराईको नाम दोस्रो वरियतामा रहेको र संघीय परिषद्को अध्यक्ष बनाइएको थियो । दर्ता गर्ने बेला भट्टराईको नाम काटेर वरिष्ठ नेताको लाइनमा राई भन्दा तल पेनले लेखिएको छ ।

तर, आयोगमा दर्ता हुँदा भने भट्टराईको नाममा टिपेक्स लगाएर उनलाई चौथो नम्बरमा झारिएको छ । उनको संघीय परिषद् अध्यक्ष पद हटेर वरिष्ठ नेता मात्र राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here