कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, ३४ लाख संक्रमण मुक्त

फाइलफोटो

काठमाडौं, २६ जेठ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।

संक्रमितको संख्या ७० लाख ८१ हजार ५ सय ९४ रहेको छ भने ३४ लाख ५३ हजार ७ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ७ हजार २ सय ३२ रहेको छ ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ६ पुगेको छ भने अहिलेसम्म ७ हजार २ सय ७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने १३४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here