झुक्किएर पनि नराख्नुस् यस्ता पासवर्ड, हुनसक्छ ह्याक !

काठमाडौं, ११ वैशाख । धेरै मानिसहरुले आफ्नो कम्प्युटर वा इमेल, फेसवुक लगायतका संवेदनशील अकाउन्टको पासवर्ड यति कमजोर र सजिलो राख्छन् कि त्यसको अनुमान सजिलै लगाउन सकिन्छ ।

बीबीसीको एक रिपोर्ट अनुसार, बेलायतको राष्ट्रिय साईबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले गरेको एक अनुसन्धानले विश्वमा धेरै मानिसहरुको पासवर्ड एउटै र सामान्य भएको कारण उनीहरुको गोप्य कुरा खतरामा रहेको कुरा निष्कर्ष निकालेको छ ।

एनसीएससीले आफ्नो पहिलो साइबर सर्वेमा यस्तो सार्वजनिक डाटाबेस अकाउन्टको विश्लेषण गरेको थियो जुन ह्याक भएका थिए र ती मानिसले कुन शब्द वाक्यांश आदीलाई पासवर्डको रुपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लगाएको छ ।
धेरैले प्रयाेग गर्ने पाँच पासवर्ड

रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै मानिसले राख्ने पासवर्ड ‘१२३४५६’ हो । विश्वभरमा २ करोड ३० लाख भन्दा धेरै मानिसहरुले ‘१२३४५६’ पासवर्ड प्रयोग गरिरहेका छन् ।

एनसीएससीका अनुसार त्यसपछि सबैभन्दा धेरै प्रयोग भएको भएको दोस्रो पासवर्ड ‘१२३४५६७८९’ हो । सम्झिन सजिलो हुन्छ भनेर राखिने यस्ता पासवर्डको कारण तपाईंको गोप्य कुराहरु ह्याक हुन पनि सक्छ ।

त्यस्तै सबैभन्दा धेरै प्रयोग गरिएको शिर्ष पाँच पासवर्डमा ‘qwerty’, ‘password’ र ‘१११११११’ रहेका छन् ।

पासवर्डमा प्रयोग गरिने अन्य विषयहरुमा मान्छेहरुको नाम रहेको छ । जस्तै माईकल, डेनियर, जेसिका र चार्ली पनि धेरैले प्रयोग गर्छन् ।

त्यस्तै पासवर्डमा प्रिमियर लिग फुटवल टिमको नाम पनि धेरैले प्रयोग गर्छन् । जसमा लिभरपुल पहिलो र चेल्सी दोस्रो स्थानमा रहेको छ ।

एनसीएसीका टेक्निकल डाईरेक्टर इयान लेभी भन्छन्, ‘जो व्यक्ति पासवर्डको रुपमा प्रचलित नामहरुको प्रयोग गर्छन उनिहरुको पासवर्ड ह्याक हुने खतरा धेरै रहेको छ ।’

सेक्युरेटी प्रमुख ट्रोय हन्ट भन्छन्, ‘अनलाईन सेक्युरिटीको लागि सबै व्यक्तिले आफ्नो पासवर्ड राम्रो र असजिलो राख्न जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here