नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २७ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।

कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल सारिएको थियो । मंगलबार बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । मृतकलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here